जनार्दन शर्माले गृहमन्त्रीलाई सोधे, ‘मुठभेडमा मारिएका कुमार पौडेलको हात ६–७ ठाउँमा कसरी भाँचियो ?


९ असार २०७६, सोमबार
janardan sharma

काठमाडौं, ९ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्युका विषयमा प्रहरीले तयार गरेको रिपोर्ट विश्वासयोग्य नभएको बताएका छन् ।

आज बसेको संसदको राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसद शर्माले प्रहरी र गृहमन्त्रीले पौडेल मुठभेडमा मारिएको दावी गरे पनि जनताको रिपोर्टले त्यस्तो नदेखाएको बताए ।
उनले भने, ‘प्रहरीको रिपोर्टले मुठभेडमा कुमार पौडेलको मृत्यु भयो भन्छ । तर, स्थानीय जनताको पनि रिपोर्ट छ, त्यसले मुठभेडमा पौडेलको मृत्यु भएको भन्दैन ।’

गोली लागेर मारिएको व्यक्तिको हात ६–७ ठाउँमा भाँचिएको पाइएकाले विश्वस्त हुन नसकिने उनको भनाइ छ । उनले सरकारले संविधानको पालना र मानव अधिकारको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् । विप्लव समूहलाई प्रतिवन्ध लगाउन समेत आवश्यक नरहेको पूर्व गृहमन्त्री शर्माले बताए ।

सोमबारको बैठकमा गृहमन्त्री थापाले पौडेलको मृत्यु प्रहरीको जवाफी कार्बाहीमा भएको स्पष्टिकरण दिएका छन् । गस्तीमा रहेको प्रहरी टोलीलाई पौडलसहितको समूहले फायर गरेकाले प्रहरीले आत्मरक्षाको लागि जवाफी फायर गर्दा पौडेलको मृत्यु भएको गृहमन्त्री थापाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७