राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार, प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाई महिला


२७ मंसिर २०७४, बुधबार
women r710ApcnoX

 

काठमाडाैं : राष्ट्रियसभा चुनाव नहुँदासम्म संघीय संसद्ले पुर्णता नपाउने भएको छ । संसद्ले पुर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन ।women r710ApcnoX

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुई तिहाई जित्ने वामपन्थी गठबन्धनका नेताले भने पुुस १५ गतेभित्र सरकार गठन गर्ने दावी गर्दै आएका छन् ।
राष्ट्रिसभा गठनपछि मात्रै नयाँ सरकार गठन हुनेछ ।

संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुपलाई संघीय संसद् भनेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ । जसलाई संघीय संसद् भनिनेछ संविधानको धारा ८३ मा लेखिएको छ ।

संविधानको धारा ८४ ८ मा यस भागमा अन्य कुरा लेखिएको भए पनि संघीय संसद प्र्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुलसदस्य संख्याको एक तिहाई सदस्य महिला हुनपर्नेछ, भन्ने उल्लेख छ ।

जसअनुसार २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाई अर्थात् १ सय ११ जना महिला सांसद् हुनुपर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाई महिला अनिवार्य छ ।, यो खबर आजको नागरिकमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७