छोरा प्रकाशको संयोजनमा विप्लवले आफ्नै गाउँमा चलाए स्वास्थ्य शिविर


९ असार २०७६, सोमबार
prakash

काठमाडौं, ९ असार । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को गाउँमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

biplab health camp

कपिलवस्तुस्थित शिवगढीमा दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको विप्लव पार्टी निकटको पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

पार्टी महासचिव विप्लवका छोरा प्रकाश चन्दले शिविरको संयोजन गरेको जनाइएको छ । प्रकाश नेकपा विप्लवका जनस्वास्थ्यकर्मी महासंघका महासचिव समेत हुन् । शनिबार र आइतबार सञ्चालन गरिएको स्वास्थ्य शिविरलाई थप लम्ब्याउन स्थानीयले आग्रह गरेको शिविरमा सहभागी डुम्रेले बताएका छन् ।

उनका अनुसार शहिद स्मृति प्रतिष्ठानको अगुवाइमा गरिएको स्वास्थ्य शिविरबाट शिवराज नगरपालिकाका स्थानीयहरु लाभान्वित भएका छन् ।

असार ७ र ८ गते चलेको स्वास्थ शिविरमा गाईनो, बालरोग, हाडजोर्नी, छाला तथा यौनरोग, नाक, कान तथा घाँटी, प्रयोगशाला लगायतका विभागहरुबाट बिरामी जाँच गरिएको थियो । पहिलो दिन १ हजार ५० जना बिरामी स्वास्थ जाँचका लागि आएका थिए भने दोस्रो दिन १२ सय जना बिरामीले स्वास्थ्य जाँच गरेको पत्रकार प्रकाश डुम्रेले जानकारी दिएका छन् ।

शिविरमा २ हजारभन्दा बढी विरामीको परीक्षण गरि निःशुल्क औषधि प्रदान गरिएको छ । कपिलवस्तुको शिवराजगढीमा नेत्रविक्रम चन्दको गाउँ हो । जहाँ उनका तीन दाजुभाइ छन् । नेत्रविक्रम चन्दकी आमालगायतका परिवार पनि चितवन नै बस्छन् । विप्लवका तीन जना दाजुहरु सोही पार्टीको राजनीतिमा सक्रिय छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७