सरकारले गुठी विधेयक फिर्ता लिनु हुँदैन, पारित गर्नुपर्छ : नेता बिजुक्छे


९ असार २०७६, सोमबार
Narayanman

काठमाडौं, ९ असार । सडक र संसदमा सरकारले ल्याएको गुठी विधेयक फिर्ता हुनुपर्ने माग उठिरहेका बेला नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भने सरकारले गुठी विधेयक फिर्ता लिन नहुने बताएका छन् ।

भक्तपुर नगरपालिकाको पाँचौ नगरसभा कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता बिजुक्छेले गुठीका नाममा हजारौं बिघा जग्गा कब्जा गरेर बसेका मठाधिशले जनतालाई गलत सूचना प्रवाह गरेर सरकारविरुद्ध सडकमा उतारेको आरोप लगाए ।

उनले भने, ‘विधेयक वर्षौदेखि कमाई गर्दै आएका भूमिहीन मोहीको पक्षमा छ, यसलाई फिर्ता गर्न गुठाधिश र सामन्तहरुको चलखेल भयो ।’

उनले फिर्ता लिन नहुने गुठी विधेयक तत्काललाई फिर्ता भए पनि पुनः पेश गर्न र पारित गर्न सरकारलाई आग्रह गरेका छन् । नेता बिजुक्छेले कानुनतः सामन्ती व्यवस्था अन्त्य भए पनि गुठीको नाममा संस्कार र व्यवहारमा अझै पनि सामन्ती प्रथा जीवितको समेत बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७