१२ प्रहरी निरीक्षकको सरुवा, को कहाँ ? (नामावलीसहित)


९ असार २०७६, सोमबार

काठमाडौं, ९ असार । प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको काजसूची अनुसार विष्णुहरि ढकाललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर, वीरेन्द्रकुमार ठाकुरलाई जिल्ला प्रहरी कार्यालय बारा, सूर्यबहादुर बोगटीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा काज सरुवा गरिएको छ ।

त्यस्तै प्रताप पौडेललाई इलाका प्रहरी कार्यालय कृष्णनगर, कपिलवस्तु, ऋषिराज ढकाललाई जिल्ला प्रहरी कार्यालय मोरङ, राजेन्द्र राय यादवलाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर काजमा खटाइएको छ ।

बलराम गिरीलाई इलाका प्रहरी कार्यालय सुनवल, नवलपरासी, अनोज विकलाई जिल्ला प्रहरी कार्यालय कास्की, शंकर पोखरेललाई प्रहरी प्रधान कार्यालय जगेडापुलमा काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इश्वर कार्कीलाई इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही, दीपकबाबु केसीलाई इलाका प्रहरी कार्यालय कमुकुवा धनुषा र भीमबहादुर खड्कालाई १ नम्बर प्रदेश तालिम केन्द्र विराटनगरमा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७