विदेशी टेलिभिजन च्यानल बन्द


९ असार २०७६, सोमबार
television

काठमाडौं, ९ असार । प्रस्तावित विज्ञापन ऐन २०७६ प्रति असहमति जनाउँदै टेलिभिजन सेवा प्रदायकहरुले विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु २४ घण्टाका लागि बन्द गरेका छन् ।

सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मका लागि विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरुको प्रशारण बन्द गरिएको सेवा प्रदायक संस्थाले जनाएका छन् । इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केबल टेलिभिजन महासंघले संयुक्त रुपमा विदेशी च्यानलहरु बन्द गराएका हुन् । विज्ञापन नभएका विदेशी च्यानलको भने प्रशारण नरोकिएको महासंघले जनाएको छ ।

संसदमा पुगेको ‘प्रस्तावित विज्ञापन ऐन, २०७६’ मा विज्ञापनसहित आउने विदेशी च्यानलहरु नेपालमा प्रसारण गर्न नपाउने उल्लेख छ । उक्त व्यवस्था लागू गर्दा उत्पन्न हुने परिस्थितिको जानकारी गराउन भन्दै सेवा प्रदायकहरुले च्यानलहरु बन्द गराएका हुन् ।

नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुमध्ये अधिकांशमा विज्ञापन रहेको छ । कुनै पनि विदेशी च्यानलले नेपालमा प्रशारणका लागि विज्ञापनरहित लिङ्क उपलब्ध गराउनुपर्ने भएकाले विज्ञापनरहित प्रारण व्यावहारिक रुपमा लागू गर्न अप्ठ्यारो हुने जनाइएको छ ।

भारतीय ब्रोडकास्टर फोरमले यसअघि नै विज्ञापनरहित च्यानल दिन नसक्ने जनाइसकेको छ । टेलिभिजन प्रदायकहरुले प्रस्तावित विज्ञापन ऐन लागू भएमा डिजिटल टेलिभिजन व्यवसाय नै धरापमा पर्ने दाबी पनि गरेका छन् ।

television

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७