११ वर्षको बालकले भावुक ‘सुसाइट नोट’ लेख्दै गरे आत्महत्या

‘म धेरै दुःखमा छु, मलाई कसैले माया गर्दैन, हस् यो संसार छाडेर जाँदैछु’


९ असार २०७६, सोमबार
suside note

काठमाडौं, ९ असार । ललितपुरको बागमती गाउँपालिकामा एक बालकले सुसाइड नोट लेखेर आत्माहत्या गरेका छन् ।

ललितपुरको वागमती गाउँपालिका–२ स्थित माल्टा स्थायी घर भएका ११ वर्षीय समिर लुङ्वाले आत्महत्या गरेका हुन् । सोही गाउँपालिकामा पर्ने कालिदेवी माध्यमिक विद्यालयमा कक्षा–५ मा पढ्दै गरेका लुङ्वाले घर परिवार र विद्यालयका शिक्षक–शिक्षिकाबाट माया नपाएको भन्दै चिठी लेखेर आत्महत्या गरेको उनका छिमेकीहरुले बताएका छन् ।

आफू परिवार र विद्यालयमा समेत अवहेलित हुनु परेकाले आत्महत्या गर्न बाध्य भएको उनले सुसाइट नोटमा लेखेका छन् ।  विद्यालयमा आफूलाई हेलाा गर्ने शिक्षक शिक्षिकाको समेत नामै किटान गरेर उनले सुसाइड नोटमा लेखेका छन् । कक्षामा केटालाई मात्रै पिट्ने र केटीहरुलाई केही पनि नगर्ने र आफूलाई त झनै माया नै नगरेको आरोप उनले सुसाइड नोटमा लेखेका छन् ।

उनले लेखेको सुसाइड नोटमा भनिएको छ, ‘मेरो नाम समिर लुङवा हो । म कक्षा ५ मा पढ्छु । मेरो रोल नम्बर ५ हो । आज म केही कुरा भन्न चाहन्छु । म धेरै दुःखमा छु । मलाई कसैले माया गर्दैन ।

कक्षामा केटाहरुलाई पिट्ने र केटीहरुलाई नपिट्ने र घरमा मलाई दाइ भाउजुले हेला गर्ने, कोही सर मिस त नहुने म तिनीहरुको नाम लेख्दैछु । मिस र सरले म बिरामी हुँदा मलाई बिरामी भाको छैन भने । म यति भन्दै बिदा माग्छु । म ११ वर्ष भएँ । म जन्मेको महिना कार्तिक १४ गते हो । हस्, म यो संसार छोडेर जाँदैछु ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७