संसदको तलब भत्ता, सेवा सुविधामै सबा चार अर्ब खर्च !


२७ मंसिर २०७४, बुधबार
money

काठमाडौं: मुलुक संघीय संरचनामा गएपछि संसद् सञ्चालन खर्च वार्षिक सबा ४ अवै रुपैयाँ हुने भएको छ ।money

नयाँ संविधान अनुसार प्रतिनिधिसभा राष्ट्रियसभा र प्रदेशसभाका सासंदको तलब भत्ता, सेवा सुविधासहित संसद् सञ्चालनमा यो रकम खर्च हुनेछ ।प्रादेशकि तहमा पनि संसद् हुने भएपछि सञ्चालन खर्च अघिल्लो संसद्काे भन्दा तीन गुणाले बढ्नेछ ।

अघिल्लो संसद् सञ्चालन खर्च वार्षिक एक अर्ब ४० करोड रुपैयाँ भएको अभिलेख छ । मुलुक संघीय संरचनामा जानुअघि केन्द्रीय संसद्मात्र थियो ।

अब संघीय संघीयसंगै प्रदेश संसद सञ्चालन हुने भएपछि खर्च वार्षिक ४ अर्ब २५ करोड रुपैयाँ पुग्ने संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमको भनाई छ ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७