यी २९ कम्पनीसँग मात्र धितो कारोबार गर्न धितोपत्र बोर्डको निर्देशन (सूचीसहित)


९ असार २०७६, सोमबार
dhitopatra board

काठमाडौं, ९ असार । बोर्डबाट अनुमति नलिई लगानी व्यवस्थापन कार्य नगर्न नेपाल धितोपत्र बोर्डले सरोकारवालालाई निर्देशन दिएको छ ।

पछिल्लो समय शेयर व्यवसायको लगानी व्यवस्थापनसम्बन्धी कार्य बोर्डबाट अनुमति नलिई कतिपय कम्पनीले गर्न थालेको लगानीकर्ताबाट गुनासो आएपछि त्यस्ता कम्पनीबाट काम नगर्न बोर्डले निर्देशन दिएको हो ।

वोर्डवाट अनुमतिपत्र प्राप्त नगरेका संस्थामार्फत लगानी गर्दा लगानीकर्ताहरुको लगानी जोखिममा पर्न सक्ने हुनाले लगानी व्यवस्थापनसम्वन्धी कार्य गर्दा उक्त संस्थाले वोर्डवाट अनुमतिपत्र प्राप्त गरेको–नगरेको जानकारी लिएर मात्र सेवा लिन बोर्डले अनुरोध गरेको छ ।

धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ५६ को उपदफा (१) मा धितोपत्र व्यवसाय गर्न चाहने कम्पनी वा संस्थाले बोर्डबाट धितोपत्र व्यवसाय सञ्चालन गर्ने अनुमतिपत्र लिनु पर्ने र उपदफा (२) मा कसैले पनि ऐन बमोजिम बोर्डबाट धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र प्राप्त नगरी धितोपत्र व्यवसाय गर्न पाउने छैन भन्ने स्पष्ट व्यवस्था छ ।

अहिले वोर्डवाट लगानी व्यवस्थापनको कार्य गर्न २९ वटा अनुमति प्राप्त संस्था छन् । ती संस्थाहरुबाट मात्र कारोबार गर्न बोर्डले भनेको छ ।
यी हुन् धितोपत्र बोर्डबाट अनुमतिपत्र लिएका कम्पनीहरु

dhitopatra list

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७