१ हजार १२ पिन्ट रक्तदान गर्दै यातायात मजदुर संगठनले मनायो स्थापना दिवस (फोटो फिचर)


९ असार २०७६, सोमबार
nepal yatayat swatantra majdur sanghatn

काठमाडौं, ९ असार :  नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नौ ४० औं स्थापना दिवस औपचारिक कार्यक्रम सहित रक्तदान गरेर मनाएको छ । संगठनले काठमाडौं सहित देशका बिभिन्न शहरहरुमा औपचारिक कार्यक्रमको साथमा रक्तदान कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।

केन्द्रीय कमिटिको आयोजनामा ललितपुरमा औपचारिक कार्यक्रम र रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालको प्रमुख आतिथ्यमा स्थापना दिवस मनायो । यस बाहेक देशभर कार्यक्रमरु सम्पन्न भएको संगठनका अध्यक्ष भिम राई ज्वालाले बताए । काठमाडौंमा आयोजित कार्यक्रमका तस्बिरहरु :-

१ हजार १२ पिन्ट रक्तदान
संगठनको आयोजनामा देश भर भएको रक्तदानमा कार्यक्रमबाट १ हजार १२ पिन्ट रगत संकलन भएको अध्यक्ष ज्वालाले बताए । उनका अनुसार सबैभन्दा धेरै संगठन १ नम्बर प्रदेश कमिटीले ३ सय ४४ पिन्ट ,२ नम्बर प्रदेशले ५० पिन्ट, ३ नम्बर प्रदेश कमिटीले २ सय ९० पिन्ट, गण्डकी प्रदेशले ९२ पिन्ट, ५ नम्बर प्रदेशले १ सय ४४ पिन्ट र सुदुरपश्चिम प्रदेशले ८३ पिन्ट रक्तदान गरेको छ ।

Nepal yatayat swatantra majdur union 29 Nepal yatayat swatantra majdur union 28 Nepal yatayat swatantra majdur union 27 Nepal yatayat swatantra majdur union 26 Nepal yatayat swatantra majdur union 7 Nepal yatayat swatantra majdur union 6 Nepal yatayat swatantra majdur union 4 Nepal yatayat swatantra majdur union 5 Nepal yatayat swatantra majdur union 3 Nepal yatayat swatantra majdur union 2 Nepal yatayat swatantra majdur union 1

देशभरी धरान, विराटनगर, चारआली, दमक, विर्तामोड, ईटहरी, त्रियुगामा रक्तदान भएको थियो । त्यस्तै जनकपुर, रौतहट, लगनखेल, चितवन, हेटौडा, धुलिखेल, सिन्धुली, पोखरा, स्कुल इकाई, बुटवल, वर्दघाट, घोराही, तुलसीपुर, धनगढी र भीमदत्त नगरमा रक्तदान गरिएको थियो ।

स्थापना दिवसकै अवसरमा असार ७ गते देशभरका ५१ वसपार्कमा सरसफाइ गरिएको थियो । भने बुटवल र चन्द्रनिगाहपुरमा स्वास्थ्य परिक्षण र गण्डकीले विधार्थी, अग्रज नेता सम्मान र ६० वर्ष उमेर पुरा गरेका संगठनका सदस्य चालकलाई निवृत्तिभरण राहत उपलब्ध गराएको थियो । २०३६ साल असार ९ गते आजकै दिन संगठन १ नम्बर प्रदेशको सुनसरी स्थित तरहराको पानीपियामा गठन भएको थियो ।

Nepal yatayat swatantra majdur union 32 Nepal yatayat swatantra majdur union 33 Nepal yatayat swatantra majdur union 34 Nepal yatayat swatantra majdur union 35

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७