विप्लवका केन्द्रीय सदस्य ‘मालिका’ फिल्मका निर्माता नरबहादुर कार्की पक्राउ


९ असार २०७६, सोमबार
Nar Bahadur Karki

काठमाडौं, ९ असार :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य नरबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीको संयुक्त टोलीले सोमबार साँझ कार्कीलाई बालुवाटारको त्यस रेष्टुरेन्टमा एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा पक्राउ गरेको हो ।

उनी रेखा थापाको निर्माण, निर्देशन तथा अभिनय रहेको फिल्म मालिकाको निर्माता हुन् । कार्कीले बालुवाटारको एक रेष्टुरेन्टमा एक सञ्चार माध्यमलाई अन्तरवार्ता दिँदै गर्दा पक्राउ परेको प्रहरीले स्रोतले जनाएको छ पक्राउपछि उनलाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

पछिल्लो समयमा विप्वल नेकपाका सबै नेताहरु भुमिगत भए पनि कार्कीले भने सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा भने बाग्लो उपस्थीति जनाइरहेका थिए ।

मोरङ जिल्ला जनपरिषद् अध्यक्षसहित तीनजना पक्राउ

Biplab MB Morang
उता मोरङ प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ जिल्ला जनपरिषद्का प्रमुख अशोक राईसहित तीन जनलाई पक्राउ गरेको छ । उनीहरुले लुकाईराखेको दुई नाल अटोमेटिक पेस्तोल, चारथान म्यागजिन, त्यसमा लाग्ने गोली थान १४ र तीन नाल भरुवा बन्दुक, बारुद, छर्रा, नटबोल्ड, केप समेत बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार प्रदेश १ को राजधानी विराटनगरमा पत्रकार सम्मेलन गरी पक्राउ परेका विप्लपका नेता तथा हतियार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुन्दर हरैंचा नगरपालिका वडा नम्बर १२ बस्ने वर्ष ४० को अशोक राई, मोरङको कानेपाखेरी गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३४ को सुदिप भनिने कंश धिमाल छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७