महिला विश्वकप फुटवल : अमेरिका र स्वीडेन क्वार्टर फाइनलमा


१० असार २०७६, मंगलवार
world 1

काठडमाडौं, १० असार । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको क्वार्टर फाइनलमा स्पेनलाई २–१ गोल अन्तरले पराजित गर्दै अमेरिका क्वार्टर फाइनलमा पुगेको हो । अमेरिकालाई जित दिलाउन मेगान रापिनोएले पेनाल्टीमार्फत दुई गोल गरिन् ।

स्पेनकि जेनिफर हेर्मोसोले एक गोल फर्काइन् । अब क्वार्टर फाइनलमा अमेरिकाले आयोजक फ्रान्ससँग खेल्ने छ ।

उता, क्यानडालाई १–० ले हराउँदै स्वीडेन पनि प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । स्वीडेनले अब सेमिफाइनल प्रवेशका लागि अर्को युरोपियन प्रतिद्वन्द्वी जर्मनीसँग खेल्ने छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७