पोखराको तीन स्थानमा बम भेटियो


१० असार २०७६, मंगलवार

काठमाडौं, १० असार । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ ले आज आह्वान गरेको बन्दका दिन पोखराका तीन स्थानमा बम भेटिएका छन् ।

bom
प्रतिकात्मक तस्विर

पोखराको विजयपुरको पुल पारी ओरालोमा प्रेसरकुकर बम फेला परेको छ । बमलाई नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रहरीले प्रेसरकुकर बम भेटिएको ठाउँलाई सुरक्षा घेरामा राखेको छ । त्यसैगरी पोखरा महानगरपालिका लेखनाथको हमाल चोकमा भटिएको सकेट बम सेनाले डिस्पोज गरेको छ ।

यस्तै पोखरा १७ ड्यामसाइडमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरीले जानकारी दिएको छ । विप्लव माओवादीले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेलको हत्या हत्या गरिएको विरोधमा नेपाल बन्दको आव्हान गरेको हो ।

बन्दका कारण पोखरामा पनि सार्वजनिक बस सञ्चालनमा नआए पनि निजी सवारी साधन भने चलिरहेका छन् । स्कुल कलेज, पसल र कलकारखना भने बन्द छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७