उपमेयरको गाडीमा आगजनी


१० असार २०७६, मंगलवार
nawalparasi

नवलपरासी, १० असार । कावासोती नगरपालिकाको गाडीमा सोमबार राति नचिनेको मानिसको समूहले आगजनी गरेका छन् ।

कावासोती नगरपालिका उप–मेयर प्रेमशंकर मर्दनिया थारुको घर अगाडि पार्किङ गरेर राखिएको लु १ झ ३२१ नम्बरको स्कर्पियो गाडिमा आगजनी भएको हो ।

कावासोती नगरपालिका–१५ बागखोरमा रहेको घर अगाडि राखिएको गाडीमा सोमबार राति साढे १ बजेको समयमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

आगजनीबाट गाडीको पछाडिको भागमा क्षति पुगेको छ । आगजनी गर्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ । आगजनी भएको गाडी उप–मेयर मर्दनियाले प्रयोग गर्दै आएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७