विजुलीको होल्डर सार्दा करेन्ट लागेर युवतीको मृत्यु


१० असार २०७६, मंगलवार
Death

तनहुँ, १० असार । तनहुँको म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर एक युवतीको ज्यान गएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माधव घिमिरेको घरमा डेरा गरी बस्ने तिलमाला आलेको घरमा पाहुना आएकी थापालाई बिजुलीको होल्डर सार्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेर घाइते उनको रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७