कपिलवस्तुमा २७ हजार मत बदर


२७ मंसिर २०७४, बुधबार
कपिलवस्तु

कपिलवस्तु: मतदाता शिक्षा प्रभावकारी नहुँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जिल्लामा खसेको मतमध्ये २७ हजार ६१७ मत बदर भएको छ।कपिलवस्तु

मतपत्रमा ल्याप्चे लगाउने, कोठा बाहिर छाप लगाउने, एउटै मतपत्रमा दुई मत चिह्नमा छाप लगाउने जस्ता मतपत्र बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

मतदाता शिक्षाका लागि खटाइएका मतदाता स्वयंसेवीले प्रभावकारी मतदाता शिक्षा दिन नसक्दा र स्वयं उम्मेदवारले पनि आफ्ना मतदातालाई मत हाल्ने तरिका सिकाउन नसक्दा बदर मतको संख्या बढेको देखिएको छ। प्रतिनिधिसभातर्फबाट १३ हजार ८१४ र प्रदेशसभामा १३ हजार ८०३ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लाका कुल मतदाता तीन लाख ११ हजार ७६० मध्ये ७३ दशमलव ७९ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ज्ञानहरि घिमिरेले बताए। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७