धुर्मस–सुन्तली रंगशालालाई महानगरले दियो ६ करोड ४५ लाख बजेट


१० असार २०७६, मंगलवार
dhurmush suntali cricket ground 2

चितवन, १० असार । भरतपुर महानगरपालिकाले चितवनमा धुर्मस–सुन्तली फाउन्डेसनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको लागि ६ करोड ४५ लाख रुपैंया बजेट विनियोजन गरेको छ । रंगशालाको लागि महानगरपालिकाका तर्फबाट चार करोड र प्रत्येक वडाबाट पाँचरपाँच लाख गरी १ करोड ४५ लाख बजेट विनियोजन गरिएको हो ।

आर्थिक बर्ष २०७६र७७ को बजेट प्रस्तुत गर्दै महानगरपालिकाकी उपप्रमुख पार्वती शाहाले महानगरपालिकाका २९ वडाबाट पाँच–पाँच लाख र बाँकी रकम महानगरपालिकाले विनियोजन गरेको बताए ।

यसअघि प्रदेश नम्बर ३ सरकारले रंगशाला निर्माणका लागि पाँच करोड बजेट विनियोजन गरिसकेको छ । तर अहिले रंगशालाको बारमा डोजर लगाएपछि निर्माणको काम रोकिएको छ ।

केही समय अघि रंगशालाको निर्माणस्थलमा लगाइएको बार प्रकाश कँडेलको नेतृत्वमा डोजर लगाएको थियो । कँडेलसहित १६ जनालाई पक्राउ गरि सार्वजनिक सम्पतिमा नोक्सानी पुर्याकएको तथा धम्क्याएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा चलाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७