विप्लवको एउटा गम्भिर कुराले मेरो नै दिमाग खल्बलियो : प्रचण्ड


१० असार २०७६, मंगलवार
Prachand pusopa kamak daha पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन, १० असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा रहेको विप्लव समस्या लामो समय नरहने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाको चौंथो नगरसभालाई मंगलबार सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले विप्लव समूह छिट्टै राजनीतिक मूलधारमा आउने दावी गरे । अध्यक्ष प्रचण्डले आफूले विप्लवलाई सबैभन्दा नजिकबाट चिनेको भन्दै उनी विस्तारै राजनीतिक मूलधारमा आउने तयारीमा रहेको खुलासा गरेका छन् ।

‘मैले विप्लवलाई सवैभन्दा नजिकबाट चिनेको छु । हुन त अहिले एक दुई वटा बम पड्किएका छन् । यो घटनाक्रमले पनि विप्लवलाई विस्तारै नयाँ सोंचतिर ढल्किन प्रेरित गरिरहेको छ । जसरी साथीहरु यसअघि मूलधारमा आउनु भयो त्यसरी नै विप्लव पनि आउनु हुन्छ’, उनले थपे, ‘मप्रति विप्लवजीको मनमा घृणा छैन ।’

अध्यक्ष प्रचण्डले पहिल्यैदेखि विप्लवले आफूसँगको भेटमा र सँगै रहेका बेला मार्मिक कुरा गर्ने गरेको स्मरण गर्दै विप्लवको कुराले आफूलाई समेत गहिरो सोंचमा पु¥याएको बताए ।

विप्लवको गम्भिर कुराले दिमाग नै खल्बलियो
अध्यक्ष प्रचण्डले विप्लवको कुरा गर्दै एउटा पूरानो प्रसङ्गलाई कोट्याए । एउटा वैठकमा विप्लवको गम्भिर कुराले आफ्नो समेत दिमाग खल्बलिएको सुनाए । ‘त्यस मिटिङमा हामीलाई काठमाडौँ त ल्याउनु भयो कमरेड ! तर नुवाकोटको एक तामाङ समुदायकी महिलालाई काठमाडाैं लाने भनेर बम्बई लगे जस्तो त हुने होइन ? भनेर प्रश्न गर्नुभयो’, विप्लवले विगतमा भनेका भनाइ उधृत गर्दै प्रचण्डले सुनाए ।

तर अहिले विप्लवले बम्बई लगेको रहेनछ, काठमाडाँै नै लगेको रहेछ भनेर बुझ्न थालेको आफूले पाइरहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।

एक्लै हिंडेर कहिं पुगिदैन
अध्यक्ष प्रचण्डले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान कोहि पनि एक्लै हिंडेर कहिं पुग्न नसकिने बताएका छन् । अध्यक्ष प्रचण्डले विप्लवसँग मात्रै नभएर सरकार र नेकपा प्रतिपक्षसँग पनि सहकार्य गर्ने पक्षमा रहेकाले प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, आफू र प्रधानमन्त्री ओलीबीच संवाद चलिरहेको खुलासा गरे । ‘लगातार हामी तीन जनाबीच छलफल र संवाद भइरहेको छ’ प्रचण्डले भने ।

मुलुकको समृद्धिको यात्रामा प्रतिपक्षको पनि सहयोग आवश्यक रहेको प्रचण्डले औंल्याए । ‘मुलुकमा शान्ति हामी मिलेरै ल्यायौं, संविधान मिलेर बनायौं । अझै मिल्नु पर्ने बाध्यता छ । बाँकी शान्ति प्रक्रियाका काम पनि मिलेर गर्नुपर्नेछ । सत्य निरुपण तथा वेपत्ताका सम्बन्धमा पनि हामी छलफलमै छौं । हामी सवैको डुङ्गा एउटै हो । एउटै डुङ्गामा चढेका छौँ । त्यहाँबाट फुत्कन सक्ने अवस्था नै छैन’ प्रचण्डले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७