काठमाडौं महानगरपालिकाद्वारा साढे १५ अर्बको बजेट प्रस्तुत, कुन शीर्षकमा कति बजेट ?


१० असार २०७६, मंगलवार
Bidhya sundar

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आगामी आथिर्क वर्ष २०७६–०७७ का लागि १५ अर्ब ५० करोड ७० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगरसभामा मेयर विद्यासुन्दर शाक्यले आज साढे १५ अर्बको बजेट प्रस्तुत गरेका हुन् ।

भौतिक पूर्वाधारका लागि ४ अर्ब ३१ करोड, समाजिक विकास कार्याक्रमका लागि १ अर्ब ५२ करोड, शिक्षाक लागि एक अर्ब ३५ करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन तथा सम्पदा संरक्षणका लागि ६७ करोड, हनुमान ढोका संरक्षण कार्यक्रमका लागि करिब ५५ करोड, वातावरण तथा उद्यान व्यवस्था कार्यक्रमका लागि ३१ करोड ८५ लाख, शहरी योजना सम्बन्धी कार्यक्रमका लागि २९ करोड र सार्वजनिक निजी साझेदारी कार्यक्रमका लागि १६ करोड ८१ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

सूचना तथा सञ्चारका लागि १६ करोड, जनस्वास्थ्य सेवा कार्यक्रमका लागि १२ करोड, विपद व्यवस्थापनका लागि ७ करोड, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनका लागि ६ करोड ५९ लाख, कृषि तथा पुशसेवाका लागि ६ करोड, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको मेयर शाक्यले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७