नागरिकतासम्बन्धी विधेयक गम्भिर विषय भएकाले पारित गर्न ढिलाइ : गृहमन्त्री


१० असार २०७६, मंगलवार
Ram Bahadur Thapa राम बहादुर थापाalso known as Badal He is the current Home Minister of Nepal He is a leader of Nepal Communist Party

काठमाडौं, १० असार । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमति जुटाउन कोशिस गर्दा नागरिकतासम्बन्धी विधेयक अड्किएको बताएका छन् ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिका सदस्य नवराज सिलवालले प्रश्न उठाएपछि गृहमन्त्री थापाले राजनीतिक सहमतिमै अघि बढाउन खोज्दा नागरिकतासम्बन्धी विधेयक अघि बढन नसकेको प्रष्टयाएका हुन् । नागरिकतासम्बन्धी विधेयक संवेदनशील विषय भएकाले पनि त्यसलाई पारित गर्न ढिलाई भएको गृहमन्त्री थापाको दावी छ ।

गृहमन्त्री थापाले प्रहरी कर्मचारी समायोजनका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा पनि राजनीतिक सहमति जुटाउने प्रयास गर्दा समितिमा पेश गर्न केही ढिलाई भएको पनि बताए । नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरिएको थियो ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गठन गरेको उपसमितिले सो विषयमा सहमति जुटाउन अझै सकेको छैन । नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरुबीच नेपाली महिलासँग विवाह गर्नै विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७