छिट्टै मन्त्रिमण्डल पुनर्गठन हुन्छ : देवेन्द्र पौडेल


१० असार २०७६, मंगलवार
Devendra Poudel

काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट छिट्टै नै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । मंगलबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले मन्त्रिमण्डल पुनर्गठनबारे छलफल भरहेकाले बजेट कार्यान्वयनसँगै मन्त्रीहरु अदलीबदली हुनसक्ने खुलाएका छन् ।

साक्षात्कारमा बोल्दै नेता पौडेलले पार्टी एकता गर्दानै दुवै अध्यक्षले आलोपालो बैठकको अध्यक्षता गर्ने र सरकार पनि आलोपालो चलाउनेबारे सहमति भएको सुनाउँदै सोही सहमतिअनुसार अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘हामी एकताको पक्षमा छौं । एकता रहरको लागि गरिएको होइन । त्यसैले विगतमा भएका सहमति इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्छ ।’

उनले वर्तमान सरकार पाँच वर्षसम्मको लागि निर्वाचित भएकोले तत्काल स्थानीय, प्रदेश र संघमा सरकार फेरबदल हुने अवस्था नरहेको पनि जिकिर गरे । यद्धपि संघीय सरकार भने पार्टीको निर्णयका आधारमा फेरबदल गर्न सकिने उनले स्पष्ट पारे । उनले भने, ‘सरकारको कामलाई प्रभावकारिता बनाउनको लागि पनि मन्त्रिमण्डल फेरबदल गर्न सकिन्छ । तर, सरकार नेकपाकै नेतृत्वमा बन्छ ।’

पौडेलले गुठी विद्येयकलगायतका अन्य कुनै पनि विद्येयक खारेज नभएको सुनाउँदै तत्कालको लागि स्थगन् गरिएको पनि स्पष्ट पारेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सूचना रहेको खुलासा गरेका छन् ।

उनले भने, ‘ओली सरकारले देश तथा मधेश कसैको पनि हित गर्दैन् भन्ने राजपाको ठम्याई छ । हामी यो सरकार ढाल्ने ल्याकत राख्दैनौं । ल्याकत छैन पनि । बरु, यो सरकार आफैं ढल्ने मसँग सूचना छ ।’ उनले नेकपाभित्र अहिले ठूलो समस्या रहेको पनि टिप्पणी गरे ।

उनले पार्टीका केन्द्रिय सचिव तथा निलम्बित सांसद रेशम चौधरीप्रति कारागारमा पनि अमानवीय व्यवहार भएको र सुत्दा पनि हतियारधारी सुरक्षाकर्मी राखिएको बताउँदै त्यसप्रति घोर आपत्ति जनाए । उनले भने, ‘उहाँ अहिले विरामी हुनुहुन्छ । उपचार गराईरहनु भएको छ । यसरी हतियार बन्द कोठामा राख्दा औषधिले पनि काम गर्दैन् । उहाँमाथि मनोवैज्ञानिक त्रास फैलाइएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७