काठमाडौं महानगरले तोक्यो घर–जग्गाकाे नयाँ कर, कति तिर्नुपर्छ अब ?


१० असार २०७६, मंगलवार
Bidhya sundar

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आज नयाँ सम्पत्ति कर निर्धारण गरेको छ । महानगरको नगरसभाको ५ औं अधिवेशनले २०७६–७७ को बजेट सार्वजनिक गर्दै सम्पत्तिको शून्य दशमलव शून्य १० प्रतिशतदेखि शून्य दशमलव ६०० प्रतिशतसम्म करको दर निर्धारण गरेको छ ।

महानगरले पहिलोशसुरूको एक करोडको सम्पत्तिमा शून्य दशमलव शून्य १० प्रतिशतको दरले १ हजार कर लाग्ने छ । त्यसपछि २ करोडको सम्पत्तिमा शून्य दशमलव १५ प्रतिशतको दरले २ हजार ५ सय कर तिर्नुपर्ने बजेटमा उल्लेख छ ।

त्यस्तै ३ करोडको सम्पत्तिमा शून्य दशमलव शून्य २० प्रतिशतको दरले ४ हजार ५ सय, ४ करोडको सम्पत्तिमा शून्य दशमलव शून्य ४० प्रतिशतको दरले ८ हजार ५ सय, ५ करोडको ०.०६० प्रतिशतको दरले १४ हजार ५ सय, ६ करोडको सम्पत्तीमा ०.१०० को दरले २४ हजार ५ सय, ८ करोडको सम्पत्तिमा ०.३०० को दरले ८४ हजार ५ सय, १० करोडको सम्पत्तिमा ०.४५० को दरले १ लाख ७४ हजार ५ सय कर लाग्ने छ ।

त्यसैगरी १० हजारभन्दा माथिको हकमा ०.६०० प्रतिशत कर लाग्ने बजेटमा उल्लेख छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७