उत्तरका शरणार्थीका सन्तान मुन दक्षिण कोरियाको राष्ट्रपति


२ भाद्र २०७४, शुक्रबार
moon jae in 2

moon jae in 1

काठमाडाैँ (एजेन्सी) : उत्तर कोरियाली शरणार्थीका सन्तान मुन जे इन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित भएका छन् । उत्तर कोरिया मामिलामा नरम नीतिका पक्षधर मानिएका उनले होङ जिओन पिओलाई पराजित गरेका हुन् ।

अब उत्तर कोरियासंग सम्बन्ध परिवर्तन हुने संकेत गरिएकाे छ । मूनले उत्तर कोरियासंग सम्बन्ध बढाउन चाहेका छन् जुन दक्षिण कोरियाको हालको नीति विपरीत हो। दक्षिण कोरियाली क्षेत्रबाट अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको परिचालन भएकोप्रति मून असन्तुष्ट छन्।

विगत १० वर्षदेखि सोल र वाशिंग्टनले उत्तर कोरियामाथि प्रतिबन्ध बढाउँदै लगेका छन् र उसलाई एक्ल्याइरहेका छन्।तर मून त्यस्तो चाहँदैनन्।

सन् १९७० को दशकमा भूतपुर्व राष्ट्रपति पार्क गुन हेका पिता, तत्कालीन सैनिक शासक पार्क चुङ-हीविरुद्ध प्रदर्शन आयोजना गरेकोमा उनलाई जेल सजाय दिइएको थियो। पछि उनले दक्षिण कोरियाको विशेष फौजमा काम गरे र मानव अधिकार अधिवक्ता बने।

मध्य वामपन्थी डेमोक्रेटिक पार्टीका मून सन् २०१२ को निर्वाचनमा पार्कसंग पराजित भएका थिए।

निर्वाचनमा १२ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए। भूतपुर्व राष्ट्रपति पार्क गुन-हेलाई भ्रष्टाचारको आरोपमा दोषी पाइएपछि समयअगावै सो राष्ट्रपतीय निर्वाचन आयोजना गरिएको हो।

नेपालकाे राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना
नेपालकाे राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र कोरियाको १९औँ राष्ट्रपतिमा मुन जे इनलार्इ हार्दिक बधाई ज्ञापन गरेकी छिन् । त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि श्री मुनलाई बधाई दिए ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राष्ट्रपति मुनलाई बुधबार बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उनलार्इ शुभकामना र कार्यकालको सफलताको कामना गरे । सन्देशमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले राष्ट्रपति मुनको कार्यकालमा नेपाल र गणतन्त्र कोरियाबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

moon jae in 2

मुनकाे नेपालसँग सम्बन्ध

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मुनको नेपालसँग पनि नाता छ । नेपालमा विकासकारी भूकम्प गएपछि उनी नेपाल आएका थिए र भूकम्प प्रभावितलाई राहत वितरणमा संलग्न भए ।

त्यसअघि उनी २००४ मा पनि नेपाल आएका थिए । तत्कालीन राष्ट्रपति रोह मू हृयूनलाई सघाउन भ्रमण छोट्याएर कोरिया फर्किएका थिए । दुबै भ्रमणका बेला उनी ट्रेकिङ पनि गएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७