‘फ्रि तिब्बत’ कार्यक्रममा सहभागी सांसद यादवलाई निलम्वन गर्ने समाजवादीको निर्णय

केन्द्रीय कार्यालय, निकाय तथा बिभागको जिम्मेवारी बाँडफाँड


१० असार २०७६, मंगलवार
Pradip Yadav

 

सन्तोष शाह
काठमाडौं, १० असार :  समाजवादी पार्टी नेपालले सांसद तथा पर्सा जिल्ला कमिटीका अध्यक्ष प्रदिप यादवलाई निलम्बन गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई ६ महिनाका लागि पार्टीको सम्पुर्ण जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

समाजवादी पार्टीका उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको नीति विपरित ‘फ्रि तिब्बत’ कार्यक्रममा सहभागि भएकाले यादवलाई निलम्बन गरिएको बताए ।

लाटभीया देशको राजधानी रिगामा हालै सम्पन्न भएको ‘इन्टरनेश्नल नेटवर्क अफ पारलियामेन्टेरियन अन फ्रि तिब्बत’ कार्यक्रममा सांसद यादव सहभागि भएका थिए । पार्टीलाई जानकारी नगराई भाग लिन गएका सांसद यादवसंग पार्टीले स्पष्टिकरण सोधेको थियो । तर चितबुझ्दो स्पष्टिकरण नदिएकाले पार्टीले कारवाही गर्ने निर्णय गरेको अधिकारीले बताए ।

यसैगरी बैठकले पार्टीको केन्द्रीय कार्यालय, निकाय तथा बिभागको जिम्मेवारी बाँडफाँड गरेको छ । तत्कालिन संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीका बीचमा एकिकरण भएपछि ती निकायहरूमा सहमतिका आधारमा जिम्मेवारी बाँडफाँड गरिएको महासचिव रामसहाय यादवले बताए ।

Samjbadi party

पार्टीको केन्द्रीय कार्यालय प्रमुखमा उपमहासचिव प्रकाश अधिकारी, प्रचार बिभागमा सचिव प्रशान्त सिंह, अर्थ बिभागमा कोषाध्यक्ष बिजय यादवलाई जिम्मेवारी दिइएको महासचिव यादवले बताए ।

यसैगरी पार्टीको बिज्ञ परिषद प्रमुखमा डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकार समिति प्रमुखमा भीमप्रसाद गौतमलाई जिम्मेवारी दिईएको छ ।

बैठकले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) संग पार्टी एकताका लागि छलफल अगाडी बढाउँने बिषयमा छलफल गरेको छ । बैकल्पिक शक्ति निर्माणका लागि बिचार, सिद्धान्त मिल्ने पार्टीसंग एकताका लागि छलफल अगाडी बढाउँने बिषयमा बैठकमा छलफल भएको समाजवादी पार्टीका नेताले बताए ।

संबिधान संशोधन सहितका सर्त सहित सरकारमा सहभागि समाजवादी पार्टीले सरकारलाई संशोधनका लागि दबाब दिने तयारी गरेको छ । बैठकको एजेण्डा संशोधन नबनाईएको भए पनि सो बिषयमा समान्य छलफल भएको बताईएको छ । संशोधनको एजेण्डा बिषयमा अर्को बैठकमा छलफल गरी अगाडी बढने नेताहरुले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७