स्कुलमा खेल्दै गर्दा चट्याङ लागेर तीन बालकको मृत्यु


११ असार २०७६, बुधबार
chatyang.

दाङ, ११ असार । दाङको राप्ती गाउँपालिकामा चट्याङले लागेर तीन जना बालकको ज्यान गएको छ । एक जना गम्भीर घाइते भएका छन ।

दाङको राप्ती गाउँपालिका–३ मौरीघाटका १२ वर्षीय साजन चौधरी, १३ वर्षीय विवेक चौधरी र १० वर्षीय रमित चौधरीको चट्याङ लागेर ज्यान गएको हो ।

त्यसै ठाउँका अविनाश चौधरी गम्भीर घाइते भएका छन् । मंगलबार बेलुकी स्कुलको छेउमा खेलिरहेको बेला चट्याङले लागेको हो । शवलाई पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको छ । लमही अस्पतालमा घाइतेको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७