परीक्षानियन्त्रक भन्छन्, ‘एसइई नतिजा बुधबार वा बिहीबार सार्वजनिक हुन्छ’


११ असार २०७६, बुधबार
SEE

काठमाडौं, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार या बिहीबार सार्वजनिक गर्ने तयारी भएको छ ।

नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डअन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको काम समेत अन्तिम चरणमा पुगेको छ । ‘बुधबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर बुधबारै या बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी भएको छ,’ परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए ।

विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गथ्र्यो । तर, यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको बोर्डले जनाएको छ । प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७