खेतमा काम गरिरहेकालाई चट्याङ लाग्दा तीनको मृत्यु, तीन जना घाइते


११ असार २०७६, बुधबार
chatyang.

रुपन्देही, ११ असार । रुपन्देहीमा चट्याङले लागेर तीन जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् ।

कञ्चन गाउँपालिका २ का ६० वर्षीय नन्दराम अर्याल, सैनामैना ७ का ६२ वर्षीय चन्द्रबहादुर विक र गैडहवा ७ का २५ वर्षीय भगवानदास लोधको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

घर छेउको खेतमा काम गरिरहेको बेला मंलबार साँझ परेको चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सियारी गाउँपालिका–२, की १४ वर्षीया ममता साहनी, वडा नम्बर–७ का ११ वर्षीय गौतम मल्लाह र १५ वर्षीय भोला मल्लाहको उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७