भगवती चौधरीलाई हराउँदै विजय गच्छदार छैटौँ पटक सांसदमा निर्वाचित


२७ मंसिर २०७४, बुधबार
विजयकुमार गच्छदार बने अन्तिम सांसद्9940

काठमाडौं: सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएका छन्। आज बिहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार गच्छदारले एमाले उम्मेद्वार भगवती चौधरीलाई ३२१ मत अन्तरले पराजित गरेका छन्।विजयकुमार गच्छदार बने अन्तिम सांसद्9940

विजयी भएका गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेकी चौधरीको पक्षमा ३८ हजार ३ सय ५१ मतछ।

यो क्षेत्रको मतपरिणाम सँगै प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ। ०४८ सालदेखि निरन्तर विजेता बन्दै आएका गच्छदारले यसपटक जित हासिल गर्दा जितसंख्यामा दोहोरो ह्याट्रिक (६ पटक) जीत दर्ता गराएका छन्।

छैटौँपटक सांसदमा निर्वाचित भएका हुन् । उनी ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा निर्वाचित भएका हुन् । यो सिट जित्दा काँग्रेसको संख्या २३ पुगेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७