प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण : इरान


११ असार २०७६, बुधबार
trump 1

काठमाडौं, ११ असार । इरानले सर्वोच्च नेता आयातोल्लाह अली खामेनी, धार्मिक नेता तथा अधिकारीलक्षित प्रतिबन्ध लगाउने अमेरिकी कदम मूर्खतापूर्ण रहेको बताएको छ ।

उसले अमेरिकाको पछिल्लो निर्णयले तेहरान र वासिङ्टनबीचको कूटनीतिक मार्ग स्थायी रुपमा बन्द भएको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेशमार्फत इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीलगायतमाथि थप प्रतिबन्धको घोषणा गरेपछि इरानले उक्त प्रतिक्रिया दिएको हो ।

राष्ट्रपति ट्रम्पले खामेनीप्रति लक्षित नयाँ प्रतिबन्धहरु अमेरिकी ड्रोन खसाल्ने कदमको प्रत्युत्तर भएको दाबी गरेका छन् । ट्रम्पले इरानी शासनको उत्तेजक व्यवहारको कारण खामेनी भएको जिकिर गरेका छन् ।

अमेरिकी नयाँ प्रतिबन्ध खामेनी, केही धामिर्क नेता तथा सैनिक अधिकारीलक्षित छ । इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकी निर्णय निराशाजनक भएको जनाउँदै अमेरिकी राष्ट्रपति कार्यालय मानसिक रुपमा कमजोर रहेको दाबी गरेका छन् ।

उनले सार्वोच्च नेता लक्षित नाकाबन्दीको कुनै अर्थ नरहेको भए पनि विदेश मन्त्रालयल लक्षित प्रतिबन्धले कूटनीतिक सम्बन्ध संधैका लागि अन्त्य गरिदिएको चेतावनी दिएका छन् । ओमानको खाडीमा गतसाता गरिएको तेल टयांकरलक्षित आक्रमण इरानले गराएको अमेरिकाको दाबी छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले दुबै पक्षलाई कूटनीतिक ढंगले तनाव अन्त्य गर्न आग्रह गरिसकेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७