ट्याक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु, चार घाइते


११ असार २०७६, बुधबार
accident 1

अछाम, ११ असार । अछामको चौरपाटी गाउँपालिका–३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको ज्यान गएको छ ।

से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
मृत्यु हुने चौरपाटी गाउँपालिका–२ का दशपल्ले माविवाट यस वर्ष एसई परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिएका छन् ।
ट्याक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । घाइतेलाई अस्पताल पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७