शक्ति बढाउन भन्दै बालकको बली दिने झाँक्री जेल चलान


११ असार २०७६, बुधबार
shama

धनुषा, ११ असार । तान्त्रिक शक्ति बढ्ने भन्दै अढाई वर्षीय बालकलाई बली दिई हत्या गर्ने झाँक्री जेल चलान भएका छन् ।

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरका अढाई वर्षीय बालक आर्यन शाहको बली दिने ५५ वर्षका शत्रुधन महतो जिल्ला अदालत धनुषाको आदेशमा पुर्पक्षका लागि जेल चलान भएका हुन् । धनुषा जिल्ला अदालतका न्यायाधीश उपेन्द्रप्रसाद गौतमको एकल इजलासले महतोलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनलाई महोत्तरीको जलेश्वर कारागार पठाइएको छ ।

गएको वैशाख २३ आफ्नो दैलोमा खेलिरहेका बालक आर्यनलाई शक्तिशाली तान्त्रिक बन्न भन्दै महतोले अपहरण गरी त्यही राति २ बजे आफ्नो आँगनमा बली चढाएका थिए । आर्यनको शव २४ गते बिहान घर नजिकैको बाँसघारीमा फेला परेको थियो ।

बालकलाई बली दिएको आरोपमा महतोलाई जिल्ला सरकारी वकिलको कार्यालयले आजीवन कारावासको अभियोग दर्ता गराएको छ । महतोमाथि अपहरण, बन्धक, कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी इकाइले संयुक्त रुपमा ६५ जनालाई नियन्त्रणमा लिई सुक्ष्म अनुसन्धान गरेपछि महतोले बालकलाई बली दिएको खुलेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धनुषाले जेठ १६ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७