सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा ९ कक्षामा पढ्ने किशोर गिरफ्तार


११ असार २०७६, बुधबार
pakrau

सल्यान, ११ असार । सिलिन्डर विष्फोटको अनुसन्धान गर्न भन्दै प्रहरीले सल्यानमा कक्षा ९ मा पढ्ने एक विद्यार्थीलाई गिरफ्तार गरेको छ ।

विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्यानको कुमाख गाउँपालिका–६, वडागाउँमा सिलिन्डर विष्फोट भएको थियो ।

त्ययसमा संलग्न भएको आशंकामा प्रहरीले कुमाख गाउँपालिका–६ वडागाउँका १६ वर्षीय पुष्कर सुनारलाई आज (बुधबार) बिहान गिरफ्तार गरेको हो । उनलाई घटनामा संलग्नताको विषयमा सोधपुछका क्रममा २४ घण्टाका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले बताएका छन् ।

‘अहिलेलाई सोधपुछका लागि गिरफ्तार गरेका हौँ, यदि घटनामा संलग्नता रहेको र थप अनुसन्धान गर्नुपर्ने देखिएमा कानुन बमोजिम गर्छौ’, डीएसपी शाहीले भने । पक्राउ परेका सुनार जनकल्याण मावि वडागाउँमा कक्षा ९ मा पढ्दै आएका छन् ।

इलाका प्रहरी कार्यालय रागेचौरको टोलीले गिरफ्तार गरेपछि उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्यानमा ल्याइएको छ । उनलाई प्रहरीले घरबाटै गिरफ्तार गरेको परिवारले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७