कामपाले तोक्यो सवारी पार्किङको शुल्क, कहाँ कति ?


११ असार २०७६, बुधबार
parking

काठमाडौं, ११ असार । काठमाडौ महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ ।

असार १० गते पेश भएको महानगरको बजेटमार्फत सवारीसाधन पार्किङ शुल्क निर्धारण गरिएको हो । महानगरले दुई पांग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चारपांग्रे सवारीको प्रतिघण्टा ८० रुपैयाँ शुल्क तोकेको छ ।

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतको भित्री शहरी क्षेत्र त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल र लैनचौरसम्मको काठमाडौ मध्य भागका क्षेत्रमा यो शुल्क लाग्नेछ ।

महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक बाटोलगायत तोकिएका स्थानमाका दुई पांग्रेको लागि प्रतिघण्टा १५ रुपैयाँ, चारपांग्रेका लागि प्रतिघण्टा ४० रुपैयाँ र सो भन्दा बढीको लागि प्रतिघण्टा सय रुपैयाँ तोकिएको छ ।

यस्तै महानगरले निजी घर जग्गामा पनि कामपामा व्यवसाय दर्ता गरी सःशुल्क सवारी पार्किङ सञ्चालन गर्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७