काठमाडौं कांग्रेस उपसभापतिमा माली


११ असार २०७६, बुधबार
nepali congress 1

काठमाडौं, ११ असार । नेपाली काङ्ग्रेस काठमाडौंका उपसभापतिमा विजय माली मनोनीत भएका छन् । काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा आज बिहान बसेको बैठकले मालीलाई उपसभापतिमा मनोनयन गरेको हो ।

कार्यसमितिका सचिवमा शङ्कर मल्ल ठकुरी र सहसचिवमा रोेमेल श्रेष्ठ रहेको काङ्ग्रेस काठमाडौँका सदस्य युपी लामिछानेले जानकारी दिए ।

काठमाडौं काङ्ग्रेसले यसअघि नै रिक्त सदस्य मनोनयन गरे पनि पदाधिकारी भने मनोनयन गर्न बाँकी रहेको थियो । उक्त पदमा मनोनयन भएसँगै काठमाडौँ काङ्ग्रेस जिल्ला कार्यसमितिले पूर्णता पाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७