राष्ट्रिय गानका रचनाकार व्याकुल माईलाको ‘पग्ली बग्ने हिउँनदी’ सार्वजनिक


११ असार २०७६, बुधबार
prabesh rai and sonam rai

काठमाडौं, ११ असार । राष्ट्रिय गानका रचनाकार व्याकुल माईला (प्रदिपकुमार राई)को शब्द रहेको ‘पग्ली बग्ने हिउँनदी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितपुरको सातदोबाटोमा एक कार्यक्रम गरी बुधबार गीत सार्वजनिक गरिएको हो ।

गीतमा पहिलो सोलु गायन स्टार तथा गायक प्रवेश राईको स्वर, जसिहाङ राईको संगीत र नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । गीतलाई एल्बम ‘उद्भव’मा समेटिएको छ ।

गीतले समसामयिक नेपाली सामाजिक मनोविज्ञानको मर्मस्पर्शी चित्र बोकेको छ । हिमालयमा भन्दा बढी मनमा हिउँ हुनुले वर्तमान राज्यका डाडु पन्युधारीहरु जनताप्रति अनुदार बनेको प्रस्ट हुन्छ । हिमालले उच्च तहका मानिसलाई सङ्केत गरेको छ भने हिउँले ती व्यक्तिले जनतामा समृद्घि बाँड्न कञ्जुस्याँइ गरेको कुरा अभिव्यक्त गर्छ ।

गीतको म्युजिक भिडियोमा मिसेस मंगोल सोनम थुलुङ, देवराज गुरुङ, सुमन तामाङ लगायतका कलाकारले फिचरिङ गरेका छन् । गंगाराम राईको भिडियो छायांकन तथा केशव कोइरालाको निर्देशनमा उक्त म्युजिक भिडियो निर्माण भएको हो ।

गीतको म्युजिक भिडियोमा मिसेस मंगोल सोनम थुलुङ, देवराज गुरुङ, सुमन तामाङ लगायतका कलाकारले फिचरिङ गरेका छन् । गंगाराम राईको भिडियो छायांकन तथा केशव कोइरालाको निर्देशनमा उक्त म्युजिक भिडियो निर्माण भएको हो ।

https://youtu.be/tof8RorYWMI

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७