सह-सचिवको गाडीमा ट्राफिक जवानले लक लगाई दिएपछि तस्विर भाइरल


११ असार २०७६, बुधबार
Traffic

काठमाडौं, ११ असार । गृह मन्त्रालयका सह-सचिव रामकृष्ण सुवेदीले नियम बिपरित गाडी पार्किङ्ग गरेपछि एक ट्राफिक जवानले लक लगाई दिएका छन् । नियम मिचेर गाडी राखिएपछि जवानले गाडीमा लक लगाएका हुन् ।

अनाधिकृत रुपमा सिंहदरबारको पूर्वी गेट अगाडि पार्किङ गरेर राखेका वेला सरकारी नम्बर प्लेटको बा २ झ ३४६ नम्बरको गाडीमा लक लगाइएको हो । सुवेदी गृह मन्त्रालयका प्रवक्ता समेत हुन् ।

महाशाखाका प्रमुख वसन्त लामालाई आफूलाई घटनाबारे जानकारी आएको बताउँदै सोधपुछ भइरहेको बताएका छन् । उनले उक्त लक माथिको आदेश नपर्खी आफ्नो जिम्मेवारी पूरा गरेको र गाडी गृहकै उच्च अधिकारीको परेकाले रिपोटिङ भने गरेका छन् ।

प्रहरीका अनुसार पार्किङ गर्न निषेध गरिएको ठाउँमा गाडी राखेर सुवेदी खाना खान निस्किएका थिए । प्रत्यक्षदर्शी यज्ञम्बर श्रेष्ठका अनुसार लक लगाएपछि कर्मचारीले ट्राफिक जवानलाई धम्क्याएका थिए ।

‘कानुन पालना गराउने निकायले कानुनको रखवाली गर्दै गरेका प्रहरी दाइलाई दवाब दिएर कारवाही फिर्ता गराउन खोज्ने ?’, श्रेष्ठले भने, ‘त्यति मात्रै होइन, फोनमार्फत कुरा गराएर ती प्रहरीलाई नै तर्साउन खोज्ने ? भन्दै उनले पोष्ट गरेका छन् ।

उनले ती कर्मचारीको सरुवा गरिने आशंका गर्दै सामाजिक सञ्जालमा भनेका छन्, ‘होसियार हामीले हेरी राखेका छौं ।’ त्यसपछि यो तस्वीर भाइरल भएको छ । यत्रतत्र शेयर भएको छ । दुनियाँले ती जवानलाई स्यावासी दिइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७