प्रकाश सपुत र शम्भु राईबीच सहमति : ‘गलबन्दी’ को संगीतमा शम्भुको नाम राखिने


११ असार २०७६, बुधबार
galbandi bibad

काठमाडौं, ११ असार । पछिल्लो समय सामाजिक सञ्जालदेखि सदनमा समेत चर्चाको विषय बनिरहेको गायक प्रकाश सपुतको ‘गलबन्दी च्यातियो’ चोरीको विवाद समाधान भएको छ ।

गायक सपुतको चौबन्दी च्यातियोको भाका आफ्नो गीतबाट चोरिएको आरोप लगाउँदै प्रतिलिपी अधिकारका लागि मुद्दा हालेका गायक शम्भु राई र गायक सपुतबीच आज चार बुँदे सहमति भएको हो ।

सहमतिमा प्रकाश सपुतको गीतको संगीत सिर्जना शम्भु राई रहने र पुनः संगीत प्रकाश सपुत हुने, युट्युवको हकमा प्राविधिक रुपमा मिल्नेसम्म शम्भु राईको नाम रहने गरी सच्याउने र सोही अनुसार प्रशारण गरिने सहमति भएको छ । यस्तै हालसम्म युट्युव र अन्य डिजिटल माध्यमबाट भएको आर्थिक लाभमा गायक शम्भु राईले दावी नगर्ने सहमति भएको छ ।

यस्तै गायक राईले प्रतिलिपी अधिकारका लागि नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा दिएको निवेदन फिर्ता लिने, विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका भ्रमहरुलाई निवारण गर्न विज्ञप्ती जारी गर्दै स्पष्ट पार्ने सहमति भएको छ ।

सपुत र शम्भु राईबीच भएको सहमति पत्रमा संगीत रोयल्टी संकलन समाजका अध्यक्ष महेशकुमार खड्का, प्रस्तोता समाज नेपालका महासचिव भिषण मुकारुङ, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्की, वरिष्ठ उपाध्यक्ष नमराज ढुङ्गाना, कामपा बुढानिलकण्डका भोजराज थापालगायतले हस्ताक्षर गरेका छन् ।

हेर्नुस् सहमतिपत्र

saput

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७