संसारकै खुसी देशहरुमा बामपन्थी सरकार, फ्रेडेरिक्सन बनिन् डेनमार्कको नयाँ प्रधानमन्त्री


११ असार २०७६, बुधबार

काठमाडौं, ११ असार । संसारकै खुसी देशहरु उत्तरी युरोपमा बामपन्थी लहर चलेको छ । संसारकै खुसी देशको दोस्रो नम्बरमा रहेको डेनमार्कमा वामपन्थी सरकार बन्ने भएको छ । समाजवादी प्रजातान्त्रिक पार्टीले सरकारको नेतृत्व गर्ने भएपछि डेनमार्कमा पनि बामपन्थी सरकार बन्न लागेको हो ।

डेनमार्कमा ४१ वर्षीय मेट फ्रेडेरिक्सनले नयाँ प्रधानमन्त्री बनेकी छिन् । उनी डेनमार्ककै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री पनि बनेकी हुन् ।

गत ५ जुनमा भएको निर्वाचनमा फ्रेडरिक्सनको नेतृत्वमा रहेको पाँच दलको बामपन्थी गठबन्धनले बहुमत ल्याएको थियो । लार्सलोक्के र्यामसनको नेतृत्वमा रहेको मध्यपन्थी सरकारलाई विस्थापन गर्दै फ्रेडेरिक्सन नयाँ प्रधानमन्त्री बनेकी हुन् ।

डेनमार्क बामपन्थी सरकार भएको तेस्रो उत्तर युरोपेली (नर्डिक) मुलुक बनेको छ । यही वर्ष फिनल्याण्ड र स्वीडेनले पनि बामपन्थी सरकार बनाएका थिए । नर्डिक क्षेत्रका पाँच मुलुकमध्ये नर्वे र आइसल्याण्डबाहेक अन्य तीन मुलुकमा बामपन्थी सरकार बनेको हो ।

फिनल्याण्ड संसारकै खुसी मुलुक हो । फिनल्याण्ड पछिल्लो तीन वर्ष यता लगातार पहिलो स्थानमा पर्दै आएको छ ।  डेनमार्क खुसी मुलुकको दोस्रो नम्बरमा छ । भने स्वडेन संसारको खुसी मुलकको सातौँ नम्बरमा छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७