विप्लव समूहले नरहरीनाथ गाउँपालिका कार्यालयमा लगायो आगो


११ असार २०७६, बुधबार
kalikot

कालिकोट, ११ असार । कालिकोटको नरहरीनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरिएको छ । बन्दको अवज्ञा गरेका भन्दै विप्लव समूहका कार्यकर्ताले गाउँपालिकामा आगजनी गरेको बताइएको छ ।

विप्लव समूहका कार्यकर्ताहरुले नरहरीनाथ गाँउपालिकाको प्रमूख प्रशासकिय अधिकृतको कार्यकक्षको झ्याल फोडेर पेट्रोल खन्याइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

राति एक बजे लगाएको आगो स्थानीय र इलाका प्रहरी चौकी कुमालगाउँका प्रहरीले नियन्त्रणमा लिएका थिए । मप्रहरीले आगलागि बाट गाउँपालिकाको कार्यालय र कागजातमा क्षति पुगको बताएका छन् । आगजनी गर्नेको खोजि कार्य भइरहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७