ओसामा बिन लादेन हत्या गर्ने अमेरिकी कमान्डो किम विरुद्ध ‘परिचालित’
सोल : ओसामा बिन लादेन लगायत कुख्यात आतंककारी नेताहरुको हत्या गर्न अमेरिकाले प्रयोग गर्दे आएको सैन्य कमाण्डो उत्तर कोरियालाका सर्वोच्च नेता किम जोन उन विरुद्ध परिचालित भएको खबर विश्व राजनीति तातिएको छ ।अमेरिकी सेनाभित्रको विशेष कमान्डो सिल कमान्डो उनबिरुद्ध परिचालित भएको समाचारहरु सार्वजनिक भएका छन् । सिल कमान्डो अमेरिकी प्रशासनको सबैभन्दा भरपर्दो र शक्तिशाली सैन्य कमाण्डो हो ।
दक्षिण कोरियाको दक्षिण कोरियाको ‘जुंगआंग’ दैनिकले कमान्डो सिक्सलाई किम जोन उन हत्याको लागि सुपारी दिइएको समाचार प्रकाशित गरेपछि नयाँ तरंग पैदा भएको हो । कमान्डो सिक्सलाई संसारले नै निकै खतरनाक मान्छ । पाकिस्तानको एबट्टाबादमा ओसामा बिन लादेनलाई हत्या गर्न पनि अमेरिकी सेनाले त्यही कमाउन्डोको प्रयोग गरेको थियो। डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भए लगत्तै प्योङयाङविरुद्ध कडा रुपमा प्रस्तुत हुदै आएका छन् ।
जसरी ओसामालाई मारिएको थियो, सद्दाम हुसेनप्रति बन्दूक ताकिएको थियो, गद्दाथफीलाई घुँडा टेकाइएको थियो त्यसरी नै अब किमविरुद्ध सिल कमान्डो परिचालन हुने चर्चा भएको छ । अमेरिकी गुप्तचर संस्था सिआइए तथा दक्षिण कोरियाली खुफिया एजेन्सी दुवैले किम हत्याका लागि यो कमान्डोलाई सुपारी दिएको पत्रिकाको दाबी छ । यो कमान्डो काम कारवाही अति गोप्य हुने गरेको छ। कहाँ कहिले के कारवाही हुँदैछ भन्ने विषय अत्यन्त गोप्य राखिन्छ। यो कमान्डोको आक्रमण पूर्वजानकारी दिएर हुने गरेको छैन। तर जब आक्रमण गर्छ जिम्मेवारी पूरा गरेर फर्किन्छ।
मे २०११ मा यो सिल कमान्डो लुकिछिपी पाकिस्तानको एबट्टाबाद प्रवेश गरेको थियो। ओसामाको लाश लिएर फर्किएको थियो। उसले कसरी कारवाही गर्योरु कसरी हत्या गर्यो भन्ने विषय सबै गोप्य राखिएका छन्। यो खुफिया अपरेसनबारे कहिलै पूर्व जानकारी दिइँदैन। तर उत्तर कोरियाली सर्वोच्च नेता किम हत्याको तयारी भइरहेको समाचार दक्षिण कोरियाको जुंगआंग दैनिकले प्रकाशित गरेको हो। नेवी सिल कमान्डोको टुकटी टिम सिक्स यो मिसनमा काम गरिरहेको सो पत्रिकाले सार्वजनिक गरेपछि विश्वभरि एउटा नयाँ तरंग फैलिएको छ।
उत्तर कोरियाको समाचार संस्थाहरुले समेत सो पत्रिकाको समाचारलाई पत्याएको देखिएको छ। समाचार प्रकाशनपछि किमको सुरक्षा कडा पारिएको छ। उत्तर कोरियाली समाचार संस्थाका अनुसार मार्शल किम जोन उनले नेवी सीलको अपरेसनबारे तथ्यगत सूचना संकलन गर्न आदेश दिएका छन्। तत्कालको खतरालाई ध्यानमा राख्दै किमका सुरक्षा सल्लाहकारले उनलाई भिडभाडबाट टाढै रहन सल्लाह दिएका छन्।
सिल सिक्स कमान्डोबारे अरु जे जति चर्चा भए पनि उसले दक्षिण कोरियाली सेनाका साथ संयुक्त सैन्य अभ्यास गरेको छ। यो खबरले किम तथा उनका सुरक्षाकर्मीको उडेको छ। उत्तर कोरियाको विश्लेषण छ कि दक्षिण कोरियाको बाटो हुँदै सील कमान्डो प्याङयाङ तथा किमको महलसम्म पुग्न सक्छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्योङयाङविरुद्ध सैन्य कारवाहीको चेतावनी दिइरहेका बेला किम हत्याको समाचार चर्चामा आएको हो