जागरण अभियानमा खटिएका प्रतिनिधिसँग देउवाको १५ घण्टा २५ मिनेट छलफल


११ असार २०७६, बुधबार
congress 2

काठमाडौं, ११ असार । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अन्तर्गत प्रथम चरणको ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिहरुसँगको छलफल तथा अन्तरक्रिया थालेको छ ।

बुधबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा उनीहरुसँग छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम शुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाले जागरण अभियानको प्रथम चरणको कार्यक्रमले पार्टीका आम कार्यकर्तामा नवीन ऊर्जा अभिवृद्धि ल्याएको भन्दै त्यहाँको समस्या राख्न प्रतिनिधिलाई आग्रह गरे ।

उनले भने, ‘गाउँ–गाउँसम्म पुगेर पार्टीको विचार सम्प्रेषण गर्नु हुने सबै केन्द्रीय प्रतिनिधि साथीहरुको क्रियाशील रहनु भयो । यसका लागि धन्यवाद । त्यहाँ देखिएका समस्या तथा कार्यकर्ताको सुझवा जानकारी गराउनु हुनेछ । यसबाट अहिलेको घडीमा आफूलाई थप बलियो बनाउने छ ।’

उनले जागरण अभियानका क्रममा प्राप्त विभिन्न सुझाव ग्रहण गरेर पार्टीलाई सुदृढ र थप गतिशील बनाउँदै अघि बढ्ने संकल्प सबैको साझा दायित्व भएको सभापति देउवाको भनाइ छ । साभापति देउवाले पहिलो चरणको अभियानमा भएका कमी कमजारीलाई सुधार्दै दोस्रो र तेस्रो चरणको अभियान अझै प्रभावकारी बनाउन सकिने बताए ।

पहिजो चरणको जागरण अभियान गत वैशाख २५ गते प्रारम्भ भई जेठ २५ मा सम्पन्न भएको थियो । दोस्रो चरण भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसूची सार्वजनिक गरेको छ ।

पहिलो चरणअन्तर्गत ७७ जिल्लामा कार्यक्रम भएको थियो । दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ । प्रतिनिधिहरुसँगको छलफल तथा अन्तरक्रिया दुई दिनसम्म चल्ने छ । प्रत्येक प्रतिनिधिलाई १० मिनेट समय दिइएको छ ।

एक जना पूर्वका जिल्लामा खटेका प्रतिनिधिले बोलेपछि त्यसपछि एक जना सुदूरपश्चिमका जिल्लामा खटेको प्रतिनिधिलाई बोल्न दिइने जनाइएको छ । सबै प्रतिनिधिले आफ्नो धारण राखिसकेपछि त्यसबारे पार्टी पदाधिकारीले १० मिनेट सम्बोधन गर्ने छन् । कार्यक्रम १५ घण्टा २५ मिनेटसम्म चल्ने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७