ललितपुरकी कञ्चन अमात्यलाई अमेरिकामा ‘राइस अवार्ड’


११ असार २०७६, बुधबार
lalitpur 1

काठमाडौं, ११ असार । ललितपुरकी कञ्चन अमात्यले अमेरिकामा राइस हवार्ड हात पारेकी छन् ।

अमेरिकामा पहिलो पटक नेपाली मूलकी कञ्चन अमात्यले यो अवार्ड प्राप्त गरेकी हुन् । अन्तर्राष्ट्रिय विकासमा नेतृत्व तथा नवीन पद्धतिको भूमिका निर्वाह गरेका कारण अमात्यलाई सोसाइटी फर इन्टरनेसनल डेभलपमेन्टले सम्मान प्रदान गरेको हो ।

अमात्य अमेरिकाका पूर्व राष्ट्रपति विल क्लिन्टनद्वारा प्रदान गरिएको ‘प्रेसिडेनसिएल अनर रोल अवार्ड’ र ‘एभ्रिडे योङ हिरो अवार्ड’ बाट समेत सम्मानित भइसकेकी छिन् । ललितपुरकी अमात्य हाल महिलाको आर्थिक सशक्तिकरणका लागि ‘युएन वुमेन ग्लोबल क्याम्पियन’ मा कार्यरत छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७