नेकपामा उकुस-मुकुस : यी हुन् मनमुटावका ५ कारण


१२ असार २०७६, बिहीबार
oli prachanda

काठमाडौं, १२ असार । शीर्ष नेतादेखि सांसदसम्मकै अन्तरविरोधी अभिव्यक्तिहरुले संकेत गरिरहेका छन् मनमुटाव चरम बन्दै गएको छ ।

एकातिर अपुरो पार्टी एकता र अर्कोतिर प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली खेमाको एक पक्षीय कदमले नेकपाभित्रको अन्तर कलह यसरी चुलिएको छ कि सरकार र पार्टी दुवैतर्फ नेताहरु उकुसमुकुस छन् ।

संसदभित्रै एक पार्टीको दुई धार देखिएको छ । आन्तरिक बैठकमा शीर्ष नेताहरुबाटै चर्को असन्तुष्टि व्यक्त भएका छन् । कार्य विभाजनमा गुटको रस्साकसी सतहमै आएको छ ।
पार्टी, संसदीय दल र सरकारबीच संवादहीनतााको स्थिति छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँगको पछिल्ला छलफल अपेक्षित नभएपछि अर्को अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर चेतावनी शैलीमा भने, ‘समझदारीबाट केही तलमाथि गरे दुर्भाग्य हुन्छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकबाट ।

पाँच कारणः
सहमतिमा शंका
सरकारको काम
संसदमा दुई धार
संवादहीनता
अधुरो एकता

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७