समानुपातिकमा नेपाली काँग्रेस पहिलो


२७ मंसिर २०७४, बुधबार
congress

बझाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सबैभन्दा बढी मत ल्याएर बझाङमा नेपाली काँग्रेस पहिलो भएको छ ।congress

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचनमा काँग्रेसले २४ हजार ७७९ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमाले २४ हजार ४७७ र नेकपा (माओवादी केन्द्र)ले आठ हजार ६५३ मत ल्याएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

यसैगरी प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत काँगे्रसले २२ हजार ९६४ मत प्राप्त गरी पहिलो भएको छ भने एमालेले २० हजार ८०६ र मओवादी केन्द्रले १० हजार ६३५ मत पाएर क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७