इजिप्ट अफ्रिकन कप अफ नेशन्सको अन्तिम १६ मा


१२ असार २०७६, बिहीबार
egypt 1

काठमाडौं, १२ असार । कंगोलाई हराउँदै इजिप्ट अफ्रिकन कप अफ नेशन्सको नकआउट चरणमा पुगेको छ । बुधबार राति भएको समूह ए अन्तगर्तको खेलमा प्रतियोगिताको सर्वाधिक सफल टिम इजिप्टले कंगोलाई २–० ले हरायो ।

घरेलु टिम इजिप्ट यसअघिको संस्करणमा क्यामरुनसँग पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । समूह चरणमा लगातार दुई जित निकाल्दै इजिप्टले अन्तिम १६ मा सुरक्षित गरेको छ ।

इजिप्टको जितमा अहमेद एल मोहमदी र मोहम्मद सलाहले एक–एक गोल गरे । २५औं मिनेटमा मोहमादीले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए । ४३ औं मिनेटमा सलाहले गोल गरेपछि पहिलो हाफ सकिनुअघि इजिप्टले २–० को अग्रता लियो । दोस्रो हाफमा दुबै टिमबाट गोल हुन नसक्दा इजिप्ट विजयी भयो ।

समूह ए कै अर्को खेलमा युगान्डा जिम्बावेसँग १–१ गोलको बराबरीमा रोकिएको छ । १२औं मिनेटमा इम्मानुयल ओक्वीले गोल गर्दा युगान्डाले अग्रता थियो । ४०औं मिनेटमा खामा विलियातले गोल गरेपछि खेल बराबरीमा पुग्यो । दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसकेनन् । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७