पोखेडाँडामा जीप दुर्घटना, एकको मृत्यु दुई जना घाइते


१२ असार २०७६, बिहीबार
pokhe

अर्घाखाँची, १२ असार । अर्घाखाँचीको सन्धिखर्क–१० पोखेडाँडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।

नौलापानीबाट सन्धिखर्क आउँदै गरेको लु १ च ९४७७ नम्बरको जीप सन्धिखर्क १० पोखेडाँडाको ओरालोमा बिहीबार बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा सन्धिखर्क–९ नौलापानीका ७० वर्षीय बोमबहादुर खत्रीको घटनास्थलमै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा चालक मालारानी–७ बामरुकका ३५ वर्षीय बिष्णु बस्नेत र सन्धिखर्क–९ का २० वर्षीय अनिल जीसी घाइते भएका छन् । घाइते दुबै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७