बिमान भवनमा ठोक्कियो, चालक दलका दुईको मृत्यु


१२ असार २०७६, बिहीबार
plane

काठमाडौं, १२ असार । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।

साइबेरियाको निझनियनगास्र्क विमानस्थलमा आपतकालीन अवतरण गर्नेक्रममा बिमान दुर्घटनाग्रस्त भएको अधिकारीहरुले बताएका छन् । एएन–२४ कलसाइन रहेको उक्त विमान उलान–उडबाट आएको थियो ।

उक्त बिमान धावनमार्गबाट करिब १०० मिटर टाढा उछिट्टिएको थियो । आपतकालीन अवतरण गरेको बिमानले धावनमार्ग नजिकैको फोहोर प्रशोधन केन्द्रको भवनमा ठक्कर दिएको थियो ।

बिमानका चालक दलका दुबै सदस्यको मृत्यु भए पनि बिमानमा सवार सबै ४३ जना यात्रु सकुशल रहेको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बिमानमा तत्कालै आगलागी पनि भएको थियो । रुसी उड्डयन प्राधिकरणले दुर्घटनाको बारेमा अनुसन्धान शुरु गरेको जनाएको छ । रासस–एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७