पूर्व मुख्यसचिव मल्लको निधन


१२ असार २०७६, बिहीबार
death मृत्यु

काठमाडौं, १२ असार । पूर्व मुख्यसचिव बलरामसिंह मल्लको आज निधन भएको छ । मिर्गौलाको क्यान्सरबाट पीडित भएका उनको ७८ वर्षको उमेरमा आज बिहान ३ः१५ बजे मेडिसिटी अस्पताल ललितपुरमा निधन भएको उनका भाइ राजुमानसिंह मल्लले जानकारी दिए ।

ललितपुरको भ्याली होम्स कोलनीमा बस्दै आएका उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित रहेका थिए । वीरगञ्जमा जन्मिएका मल्लको क्यान्सर रोगका कारण पाँच वर्षअघि मिर्गौला फालिएको थियो । उनका श्रीमती जमुना मल्ल, एक छोरा र तीन छोरी रहेका छन् । विसं २०४८ मा नेपाल सरकारको सचिवमा नियुक्त मल्ल २०५३ देखि २०५६ सालसम्म मुख्यसचिव थिए ।

त्यसअघि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पर्यटन मन्त्रालय र कानून मन्त्रालयको सचिव भएर काम गरेका थिए । उनी जर्मनीका लागि नेपाली राजदूत समेत भएका थिए । मल्लको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा ब्रजेश मल्लले दागबत्ती दिएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७