भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा नेपालको मधेसविज्ञ सामन्त नियुक्त


१२ असार २०७६, बिहीबार
samanta kumar

काठमाडौं, १२ असार । भारतीय गुप्तचर संस्था ‘रअ’ को प्रमुखमा सामन्तकुमार गोयल नियुक्त भएका छन् । अपरेशनमा दक्ष रहेका गोयललाई असार १४ बाट लागु हुने गरी रअको प्रमुख नियुक्त गरिएको हो ।

रअका वर्तमान प्रमुख अनिल धस्मानाको कार्यकाल गत वर्ष डिसेम्बर ३१ मा सकिएको थियो । उनको कार्यकाल सकिएर पनि थप भएपछि चिफको दावेदार रहेका विवेक जोहरी संगठन प्रमुख हुनवाट वञ्चित भएका थिए । जोहरी नेपाल स्टेशनको प्रमुख समेत रहिसकेका रअका अधिकारी हुन् । उनी नेपालको मधेसमा विशेषज्ञ समेत मानिन्छन् ।

गोयल १९८४ ब्याचका आईपिएस अधिकारी हुन् । उनले शुरुवाती दिनमा पञ्जाव प्रहरीमा काम गरेका थिए । जोहरी पनि गोयलकै ब्याचमेट हुन् । कांग्रेस आईको सरकार हुँदा समेत गोयलले तत्कालीन संस्थापनसँग नजिक रहेर काम गरेको बताइन्छ ।

पछिल्लो समय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारसँग पनि उनले निकट रहेर काम गरेका थिए । गोयल २०१९ फेब्रररीमा भएको सर्जिकल स्ट्राईक र पुलुवामा आक्रमणपछि भारतले पाकिस्तानमा गरेको वालाकोट हवाई आक्रमणका योजनाकार समेत भएको बताइन्छ ।

भारतीय सरकारको क्याबिनेटको नियुक्ति समितिले २०७६ असार १४ गतेबाट लागु हुनेगरी उनलाई रअको चीफमा नियुक्त गरेको हो । उनले पाकिस्तान र भारतको बोर्डरमा काम गर्नुका साथै अन्य विभिन्न मुलुकमा रहेर रअको लागि काम गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७