कस्तो आउँला शान्ता चौधरी र करिष्मा मानन्धरको एसईई नतिजा ?


१२ असार २०७६, बिहीबार
santa karishma

काठमाडौं, १२ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज सार्वजनिक गर्ने तयारीमा छ । सम्भव भएसम्म आजै नतिजा प्रकाशन गर्ने गरी परीक्षा बोर्डले काम गरिरहेको छ । जसका लागि आज दिउँसो परीक्षा बोर्डले वैठक समेत डाकेको छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा सार्वजनिकको अन्तिम तयारी गरिरहेका बेला देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थीको मुटु ढकढकिन थालिसकेको छ । कतिलाई भने आफूले कुन ग्रेडको नतिजा ल्याउँछु होला भन्ने चासो बढेको छ । विद्यार्थीसँगै उनीहरुका अभिभावकलाई पनि आफ्ना सन्तानले कुन ग्रेडमा नतिजा ल्याउँलान् भन्ने चासो र चिन्ता दुबै छ । आम विद्यार्थी जस्तै यसपल्टको एसईई नतिजाको तयारीसँगै केहि चर्चित व्यक्तिको पनि मुटुको चाल बढ्न थालिसकेको छ ।

ढल्कदो उमेरमा अधुरो रहेको पढाइलाई निरन्तरता दिंदै चर्चामा रहेका केहि राष्ट्रिय चिनारी स्थापित गरिसकेका व्यक्तित्वहरुको फेरि चर्चा हुने समय नजिकिंदो छ ।
फेरि चर्चा शान्ता चौधरी, करिष्मा मानन्धर र युगमाया कार्कीको
एसईई नतिजा सार्वजनिक हुने क्रम नजिर्किसँगै चर्चित अभिनेत्री करिश्मा मानन्धर, नेकपा नेतृ शान्ता चौधरी र युगमाया कार्कीको पनि चर्चा चुलिएको छ ।

Shanta

ओखलढुङ्गाको लिखु गाउँपालिका–६ की ६७ वर्षीया युगमाया कार्कीले नातिसँगै काठमाडौंबाट एसइई परीक्षा दिएकी थिइन् । मानन्धरले काठमाडौंबाट र शान्ता चौधरीले भने दाङबाट एसईई परीक्षा दिएकी थिइन् । त्रिवेणी पब्लिक स्कुल मैतीदेवीकी विद्यार्थी मानन्धरले विजय मेमोरियल हाइस्कुलबाट एसईई दिएकी थिइन् । उनले सम्पूर्ण विषयको परीक्षा राम्रै हुने विश्वास व्यक्त गरेकी थिइन् । उनले आफूलाई अरुसँग प्रतिष्पर्धा गर्ने सोंच नरहेको बताएकी थिइन् । उनीहरु पक्कै सफल हुन्छन् नै तर, अहिले ग्रेडिङ प्रणाली अनुसार कुन स्थानमा उत्तीर्ण होलान् भन्ने कुरा आम मानिसको चासोको विषय बनिरहेको छ ।

प्रतिनिधिसभा सदस्य शान्ता चौधरीले दाङबाट एसईई दिएकी हुन् । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उनको औपचारिक कक्षाको पढाइ शुरु भएको थियो । कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सकिनन् । अनि खुला विद्यालयमा भर्ना हुनुभयो ।

karisma see 10

नियमिततर्फ महेन्द्र आधारभूत विद्यालय, तुलसीपुरमा सञ्चालित खुला विद्यालयमा अध्ययनरत चौधरीको सिम्बोल नम्बर ०५८८४५३ भी) हो । उनी नेकपा संसदीय दलका सचेतक हुन् । बाल्यकालदेखि विद्यालय देखे पनि जान नपाएको र किताब छोए पनि पढ्न नपाएको उनले गुनासो गर्दै आएकी थिइन् । सामाजिक काम गर्दागर्दै राजनीतिको उचाइमा पुगेकी नेतृ चौधरीलाई पछिल्लो समय पढ्नैपर्ने बाध्यता आइलाग्यो । नेताहरू पढ्दैनन् भन्ने भनाइले उहाँलाई पटक–पटक घोच्यो र विद्यालयमा भर्ना भइन् ।

२०६४ सालमा पहिलो पटक समानुपातिकबाट संविधानसभा सदस्य भइसकेपछि विभिन्न समितिमा बस्दा अरू पढेलेखेका सदस्यले घोचपेच गर्न थालेपछि उनले पढाइको महत्व बुझिन् र पढ्नतिर लागिन् । केही वर्ष स्वाध्ययन गरेपछि औपचारिक शिक्षा र प्रमाणपत्र लिएरै पढाइ पूरा गर्ने रहर लागेपछि अप्ठेरो नमानेरै विद्यालयमा भर्ना भएको उनी बताउँछिन् ।

swaviman 112

यो वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । गएको वर्षको चैत १० बाट सञ्चालन भएको एसईई परीक्षाको नतिजा प्रकाशनका लागि अन्तिम रुजु र क्रस चेकिङको काम बुधबार मात्र सकिएकाले नतिजा प्रकाशन सम्भवतः आज हुँदैछ । बिहीबार दिउँसो १ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बसेर नतिजा प्रकाशन गर्ने अन्तिम तयारी भइरहेको कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिएका छन् ।

‘सबै तयारी सकिएको छ, नतिजामा विगतमाझैं त्रुटि नदोहोरियोस् भनेर पुनः परीक्षणलाई जोड दिएका हौं,’ उनले भने । बुधबार मध्यान्हसम्म बोर्ड बैठक नडाकिएको र अन्तिम रुजु र क्रस चेकिङको काम सकिएकाले आज बैठक बोलाइएको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेले बताएका छन् । जतिसक्दो त्रुटि नहुने गरी चाँडै नतिजा प्रकाशन हुने उनी बताउँछन् ।

परीक्षाको नतिजासम्बन्धी विवरणहरु हेर्न सकिने ब्यवस्थाका सूचना जारी गरिसकिएको परीक्षा नियन्त्रक अधिकारीको भनाइ छ । परीक्षा नियन्त्रण कार्यालयले हिंजै सार्वजनिक सूचना जारी गर्दै विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट परीक्षाको नजिता थाहा पाउन सकिने जनाएको छ । यसबर्ष राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत १० गतेबाट शुरु गरी २१ गते बिहीबारसम्ममा सकेको थियो ।

चैत १० र ११ गते लगातार अनिवार्य अंग्रेजी र नेपालीको परीक्षा थियो । चैत १३ गते अनिवार्य गणित र १४ गते अनिवार्य विज्ञानको परीक्षा थियो । प्राविधिक धारको समेत गरी चैत २१ गते सबै परीक्षा सम्पन्न भएको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो । परीक्षामा नियमित र एक्जाम्टेड गरी पौने ६ लाखको हाराहारीमा विद्यार्थी सहभागी थिए ।
कसरी हेर्ने नतिजा ?
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । त्यसैगरी एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजाका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.soce.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।

त्यस्तै शिक्षा मन्त्रालयको www.doe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, राष्ट्रिय परीक्षा वोर्ड सानोठिमी भक्तपुरको www.neb.gov.np र एनसेल प्रा. लि.को www.ncell.axiata.com मा गएर पनि परीक्षाको नतिजा हेर्न सकिने बोर्डले जनाएको छ । यसपटक परीक्षा बोर्डले सातवटै प्रदेशमा प्रदेशगत रुपमा नतिजा प्रकाशन गर्नेछ । नतिजामा चित्त नबुझ्ने परीक्षार्थीले १५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सक्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७